आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

शशांक कोइरालाले मध्यविन्दु अस्पताललाई दिए चार थान अक्सिजन सिलिन्डर

    प्रकाशित २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)


नवलपुर । नेपाली कांग्रेसका महामन्त्री तथा नवलपुर क्षेत्र नम्बर १ का निवर्तमान सांसद डा. शशांक कोइरालाले मध्यविन्दु अस्पताललाई चार थान अक्सिजन सिलिन्डर पठाएका छन् । सोमबार जिल्ला अस्पताललाई माहामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीमार्फत चार थान अक्सिजन सिलिन्डर र केही अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
सोमबार महामन्त्री कोइराला नै स्वयम सामग्री वितरणमा आउने भनिएको भएपनी उनि नआएपछी स्वकीय सचिव भरत तिवारी र जिल्ला स्थित नेपाली कांग्रेसका करिब एक दर्जन नेताको उपस्थितमा जिल्ला अस्पताललाई सामग्री वितरण गरिएको थियो ।
कोरोनाको महामारी चलिरहदा सांसद आफ्नो निर्वाचन क्षेत्रमा नआएको भनि व्यापक दबाव आएपछी उनले समग्री पठाएका हुन् । लगातार तीन पटक क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका महामन्त्री कोइरालाले जिल्ला अस्पतालमा ४ थान दुम्कौलीमा तीन र गैंडाकोटमा दुई थान अक्सिजन सिलिन्डर र केही स्वास्थ्य सामग्री पठाएका हुन् ।

Write your Comment