आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

समन्वय बिना राहात संकलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय नवलपुरको सुचना

    प्रकाशित २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)


कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जिल्ला कोभिड व्यवस्थापन समिति तथा स्थानीय तहको स्वीकृति र समन्वय बिना स्वास्थ्य सामाग्री वितरण लगायतका नगर्न सुचना जारी गरेको छ ।
बिभिन्न बहानामा रकम उठाई हिनामिना गरेको भन्ने गुनासो आएको भन्दै प्रशासन कार्यालयले समन्वय विना कुनै पनि किसिमका कार्य गर्न रोक लगाएको हो । संकटको मौको छोप्दै केही व्यक्ति, समुह र संस्थाहरुले राहत वाड्ने भन्दै विभिन्न स्थानमा पुगेको सुचना कार्यालयमा प्राप्त भएको भन्दै कार्यालयले राहतको नाममा गलत काम गर्नेहरुलाई त्यसो नगर्न चेतावनी दिएको हो ।
यदी समन्वय बिना त्यस्ता कार्यहरु गरिए “कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८” बमोजिम कारवाही हुने एक सुचना मार्फत प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभएको हो ।

Write your Comment