आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

    प्रकाशित २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)


नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो । भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

पंगेनीले बल्ल जिल्लामा संक्रमणको दर र निको हुने दर उस्तै हाराहारीमा रहेकाले निषेधाज्ञामा कडाईका साथ नै पालना गर्ने गरि निर्णय भएको बताउनुभयो ।

Write your Comment