आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

सहयोगी समितिले आयाेजना गरेकाेे रक्तदान कार्यक्रममा ५३जनाले गरे रक्तदान

    प्रकाशित २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)


दयाराम आचार्य , डण्डा । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरकाे आयाेजनामा डण्डामा भएकाे रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बिहीबार भएकाे रक्तदान कार्यक्रममा ४८ जना पुरुष र ५ जना महिला गरि ५३ जनाले रक्तदान गरेकाे समितिका अध्यक्ष शिव गिरीले बताउनुभयाे ।
रक्तसञ्चार केन्द्रमा रगतकाे माैज्दात घट्दै जादा रगतकाे अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको समितिका अध्यक्ष गिरीले बताउनुभयाे ।आवश्यक स्वास्थ्यकाे मापदण्ड पालना गरि रक्तदान कार्यक्रम गरिएको थियाे ।
विपद व्यवस्थापन सहयाेगी समितिले काेभिडकाे दाेश्राे लहर संगै अक्सिजन र रगतकाे अभाव नहाेस भनेर निरन्तर कार्य गर्दै आएकाे छ ।शुरुका दिनमा अक्सिजन सिलिन्डरकाे अभाव घटाउन सिलिन्डर संकलनकाे अभियान समितिले गरेकाे थियाे ।समितिले अहिले रगतकाे अभाव हटाउन रक्तदान कार्यक्रम गरेकाे हाे ।समितिले आपतकालीन रुपमा रगतकाे आवश्यकता भए रक्तदाताहरु तयारी अवस्थामा राखेकाे समितका अध्यक्ष गिरीले बताउनुभयाे ।
नवलपुरका विभिन्न संघ,सस्थामा आवद्व समाजसेवी व्यक्तिहरुकाे सक्रियतामा समिति गठन गरिएकाे हाे ।हरेक विपदमा सहयाेग गर्ने उधेश्यका साथ आफुहरु लागि रहेेकाे समितका सचिव आनन्द श्रेष्ठले बताउनुभयाे ।
डण्डामा भएकाे रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र कावासाेतीकाे प्राविधिक सहयाेगमा भएकाे हाे ।याे विषम परिस्थितिमा रगतकाे अभाव नहाेस भनेर रक्तदान गर्ने दाताहरुलाई समितका सदस्य एवम् रेडक्रस उपशाखा कावासाेतीका सभापति वेद प्रसाद न्याैपानेले धन्यवाद दिनुभयाे ।
समितिले यहाँका सहयोगी मनहरुकाे सहयाेग प्राप्त गरिरहेकाे र भाेलीका दिनमा समेत संकलित सहयोगबाट काेभिड महामारी सहितका अन्य विपदसँग लड्न लागिरहने समितिका काेषाध्क्ष नारायण प्रसाद न्याैपानेले बताउनुभयो । उहाँले आर्थिक रुपबाट सहयाेग पुर्‍याउने सबैमा धन्यवाद समेत दिनुभयाे ।

Write your Comment