आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

घरघरमा आउँदैछ है कोरोना ( कविता )

    प्रकाशित २०७८ जेष्ठ १२, बुधबार (२ साल अघि)


देबकी आचार्य “इरानी चरा”
(प्राज्ञ परिषद सदस्य, गण्डकी प्रज्ञा प्रतिष्ठान)

सूचना ! सूचना ! ! सूचना ! ! ! घरघरमा आउँदैछ है कोरोना ।
सुरक्षित रहनको लागि बनाउनुहोस् है राम्राराम्रा योजना ।।
अति आवश्यक काम बाहेक नराखौ बाहिर निस्कने चाहना ।
आफूसँगै परिवार र समुदायलाई बचाई राख्ने भावना ।।

उचित तरिकाले मास्क लगाउनुहोस् सबैले नाकमा ।
स्यानीटाइजरले हात सफा गरौँ हाम्रो कामना ।।
सामाजिक दुरी कायम गरौँ ६ फिटको दुरीमा ।
हाछ्यु र खोकी लाग्दा रुमाल र टिस्यूले छोपौँ मुखमा ।।

दिर्घ रोगी, बुद्धबृद्धा, सानासाना बालबालिका ।
यिनीहरूमा पर्नदिनु हुन्न है कोरोनाको छिटा ।।
युवा वर्ग पनि मानव जाति उस्तै जोखिममा ।
सावधानी अपनाएर भगाउनु पर्छ दुष्ट कोरोना ।।

साबुन पानीले २० सेकेन्ड हात धोऔँ मिचिमिची ।
पार्नुपर्छ नबाच्ने गरी दुष्ट कोरोनालाई किचिमिची ।।
साहारा लिँदै प्रविधिको सबै सूचना र एस.एम.एस.एस.को ।
(SMSS{Social Distance, Mask, Sanitizer, shop and water})
होसियारी र आत्मबल पहिलो औषधि हो सबै रोगको ।।

पोस्टिक आहार, जडिबुटी, तुलसी, बेसार र अदुवा ।
नेपालीमा विकास भएको, रोग प्रतिरोधात्मक क्षमता ।।
आत्म बल उच्च राखौँ, बनाऔँ रोगबाट बच्ने योजना ।
भगाऔँ सबै मिली यस संसारबाट दुष्ट यो कोरोना ।।
भगाऔँ सबै मिली यस संसारबाट दुष्ट यो कोरोना ।।

Write your Comment