आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

    प्रकाशित २०७८ जेष्ठ ९, आईतबार (२ साल अघि)

नवलपुर । नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताउनुभयो ।
कोरोना कहरकै बीच जिल्लामा यो सङ्ख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उहाँले बताउनुभयो ।
कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको सङ्ख्यामा कमी नआएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराउँदासमेत यसतर्फको आकर्षण बढेको उहाँले बताउनुभयो । “राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसैले यसतर्फ नागरिकको आकर्षण बढदै गएको छ ।

Write your Comment