आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

सरकार गठनका लागि दुई पक्षकै दावी प्रस्तुत

    प्रकाशित २०७८ जेष्ठ ७, शुक्रबार (३ साल अघि)


काठमाडौं । राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुबै पक्षले आफ्नो आफ्नो दावी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले पुनः सरकारका लागि दावी गर्दै १५३ सांसदको हस्ताक्षर पेश गरेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका हुँन् ।
प्रतिनिधिसभामा जम्मा २७५ सिटमध्ये ४ सिट खाली छ अर्थात नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कारवाही गरेपछि ती चार सिट रिक्त रहेको हो ।
निलम्बित सांसदलाई समेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद हुनेछन् । तर ओली र देउवाले हस्ताक्षर बुझाएको संख्यालाई आधार मान्ने हो भने कुल सांसद संख्या जम्मा ३०२ पुग्छ ।
केही सांसद दुवै पक्षले आफ्नोतर्फ गणना गरेका कारण यो अवस्था देखिएको छ । ओलीले एमालेका १२१ सांसदकै समर्थन गणना गरेका छन् भने उक्त पार्टीका माधवकुमार नेपालसहितका प्यानलका नेताहरु देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।

अर्कोतिर जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईहरु पनि दुवै तिर गणना भएका छन् । ओलीले जसपाका ३२ जना सांसदको समर्थन आफ्नो पक्षमा रहेको दावी पेश गरेका छन् भने सोही पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता देउवाको साथ लागेर शीतल निवास पुगेका हुँन् ।

Write your Comment