आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

सांसद सवार कार दुम्किबासमा दुर्घटना

    प्रकाशित २०७८ जेष्ठ ७, शुक्रबार (२ साल अघि)


दुम्किबास । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी – १ दुम्कीबासमा दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबास नजिकै बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो । कारमा सवार शाहा सहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उहाँ गृह जिल्लाबाट काठमाडौं जादै हुनुहुन्थ्यो ।
अहिले उहाँ दुम्कीबासको स्थानीय मेडिकलमा हुनुहुन्छ । दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा गर्नुभएका शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ । उहाँ विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्दै हुनुहुन्छ ।

Write your Comment