आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

सहयोगि समितिले जिल्ला अस्ताललाई बुझायो १५ वटा सिलिन्डर

    प्रकाशित २०७८ जेष्ठ २, आईतबार (२ साल अघि)


कावासोती । कोभिड १९ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनी विपद व्यवस्थापन सहयोगी समितिले अक्सिजनको व्यवस्थापनमा निरन्तर खटिदै आएको छ । समितिले शनिबार २५ वटा अक्सिजन सलिण्डर रिफिल गरेको छ । रिफल गरिएका अक्सिजन सिलिण्डर मध्य १५ वटा सिलिन्डर मध्यविन्दु जिल्ला अस्पतालमा बुझाईएको छ । १० वटा अक्सिजिन सिलिन्डर समितिले जगेडामा राखेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।
अक्सिजन सिलिन्डरको अभाव भएपछि समिति निरन्तर घर घरमा पुगेर अक्सिजन सिलिन्डर संकलनमा जुटेको छ । सोही अनुसार संकलन भएका सिलिन्डर मध्य २५ वटा सिलिन्डर सुरज गुरुङको संयोजनमा समितिका सदस्य वेद प्रसाद न्यौपानेको नेतृत्वमा भैरहवा पुगी रिफिल गरिएको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो । सोही मध्यका १५ सिलिन्डर अस्पताललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । समितिले आपत्कालीन रुपमा कसैलाई रगत आवश्यक परे सोको व्यवस्थापन गर्न समेत करिब १ सय ५० जना रक्तदाता तयारी अवस्थामा राखेको छ ।
अध्यक्ष गिरीका अनुसार समति मातहतमा अझै पनि करिब ३५ खाली अक्सिजन सिलिन्डर रहेका छन् । क्रमश यसको रिफिलका लागि कोष समेत बढाउदै गईएको समितिका कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले बताउनुभयो । जम्मा भएको रकम मध्यबाट अक्सिजन रिफिल र रेगुलेटर खरिदमा खर्च गर्ने गरिएको समितिका कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । अझै पनि अक्सिजिन आवश्यक पर्ने भएकाले समितिलाई सक्दो सहयोग गरिदिन कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । अस्पतालमा अक्सिजन हस्तान्तरण प्रश्चात सोहि क्रममा कोषकालागि कावासोती १६ का गोविन्द रिजालले ६ हजार ५०० र निर प्रसाद श्रेष्ठले २ हजार ६ सय नगद सहयोग गर्नुभएको थियो ।
अस्पताललाई अक्सिजिन हस्तान्तरणको कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछाने, कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ, समतिका सचिव आनन्द श्रेगठ, अक्सिजन रिफिमा सहयोग पुर्याउनुहुने समाज सेवी सुरज गुरुङ,समितिका सदस्य भिमलाल अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment