आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

अर्थमन्त्री पौडेलको पहिलो निर्णय – तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन

    प्रकाशित २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)


काठमाडौं । नेपाल सरकारको मन्त्रिमन्डल गठन हुँदा अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् । पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् ।
सपथ ग्रहणपश्चात अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचार र समग्र अर्थव्यवस्थालाई पुन:उत्थान गर्न यसले सहयोग पुर्‍याउने मन्त्री पौडेलको अपेक्षा छ ।
उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताए । अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

Write your Comment