आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

दाेश्राे पटक मुख्यमन्त्री बन्दै गुरुङ, आजै सपथ ग्रहणकाे तयारी

    प्रकाशित २०७८ बैशाख २९, बुधबार (२ साल अघि)


पाेखरा । गण्डकी प्रदेश सभाकाे नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशकाे मुख्यमन्त्री पुन बन्ने भएका छन् ।

प्रदेश प्रमुख सिता पाैडेलले प्रदेश सभाकाे सबै भन्दा ठुलाे दल एमालेलाई अल्पमतकाे सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दाेश्राे पटक मुख्यमन्त्रीकाे सपथ खाँदैछन् ।

उनले आजै सपथ खाने तयारी गरेकाे श्राेतले जानकारी दियाे । बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले काम चलाउ मुख्यमन्त्री छन् ।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पाैडेलले २६ गते दिउसाे ४ बजे ७२ घण्टाकाे समय दिदैं बहुमतकाे सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।

याे अवधिमम बहुमतकाे सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमाेर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाकाे साथ थियाे । जनमाेर्चाकाे मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।

आजै मुख्यमन्त्रीकाे सपथ खाने तयारी गरेका गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासकाे मत लिनु पर्नेछ ।

Write your Comment