आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा लगाएको ताला प्रहरीले फोड्यो

    प्रकाशित २०७८ बैशाख २१, मंगलबार (३ साल अघि)


नवलपुर, देवचुली नगरपालिकामा लगाईएको ताला प्रहरीले फोडेको छ । सोमबार देवचुली नगरपालिका वडा नम्बर १३ का ६८ वर्षिय कोभिड संक्रमित पुरुषको समयमा उपचार नपाउदा ज्यान गएको थियो । उक्ता घटनापछि स्थानीय युवाहरुले कोरोना महामारीको समयमा समेत नगरपालिका गैर जिम्मेवार बनेको भन्दै बिहान ताला लगाएका थिए ।
सोमबार वडा नम्बर १३ निवासी ६८ वर्षिय कोभिड संक्रमित पुरुषलाई नगरपालिकाले अस्पताल पुर्‍याउन एम्बुलेन्स उपलब्ध गराउन नसकेपछी टेक्टरमा राखेर अस्पताल लाने क्रममा निधन भएको हो ।
युवाहरुले नागरिकलाई महामारीको समयमा एम्बुलेन्स उपलब्ध गराउन नसकेको भन्दै नगर प्रमुख र उपप्रमुखको सवारी सञ्चालनमा समेत रोक लगाएका छन ।

Write your Comment