आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीका संक्रमितले पाएनन् एम्बुलेन्सः ट्रयाक्टरमा लैजादै गर्दा मृत्यु

    प्रकाशित २०७८ बैशाख २०, सोमबार (३ साल अघि)


देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा कोरोना संक्रमितको ट्रयाक्टरमा ज्यान गएको छ ।देवचुली-१३ का ६८ वर्षीय संक्रमितलाई उपचारका लागी अस्पताल लैजान एम्बुलेन्स नपाए पछि उनलाई ट्रयाक्टरमा अस्पताल लगिएको थियो ।

गत वैशाख १५ मा कोरोना संक्रमित भएका उनी होम आईसोलेसनमा रहेका र सोमबार दिउसो श्वासप्रश्वासमा समस्या आएपछि ट्रयाक्टरमा राखेर अस्थायी कोभिड अस्पताल पुर्‍याईएको र कोभिड अस्पताल हाताभित्र उनको ज्यान गएको देवचुलीको स्वास्थ्य शाखाले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आए पछि अक्सिजन दिएर एम्बुलेन्समा समयमै अस्पताल पुर्‍याउन नपाएको र एम्बुलेन्स नपाएपछि आफुहरुले ट्रयाकटरमा अस्पताल लैजादै गर्दा अस्पताल परिसरमा ज्यान गएको मृतकको पारिवारिक स्रोतले जनाएको छ ।

Write your Comment