आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: केउरानी युवा क्लब सेमिफाइनलमा प्रवेश

    प्रकाशित २०७७ चैत्र २८, शनिबार (३ साल अघि)


राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा केउरानी युवा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज केउरानी युवा क्लबका विरुद्ध युनाइटेड रजहर फुटबल क्लबबिच भएको क्वाटर फाइनलको अन्तिम खेलको निर्धारित समयमा २-२ बराबरी गोल हुँदै ट्राईबेकरमा केउरानी युवा क्लब ५-३ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयको खेलमा केउरानी युवा क्लबका नवीन थनेतले २ गोल गरेका थिए भने युनाइटेड रजहर फुटबल क्लबका तर्फबाट अमित क्षेत्री र शक्ति लिम्बूले गोल गरेका थिए। आजको खेलमा केउरानी युवा क्लबका नवीन थनेत म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली सेमिफाइनलको अन्तर्गतको पहिलो खेल गैंडाकोट फुटबल क्लब र अभिषेक चर्चबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

Write your Comment