आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

हेभन गल्स र कान्छालाई सेपाक ताक्राेकाे उपाधि

    प्रकाशित २०७७ चैत्र २२, आईतबार (३ साल अघि)


डि आर क्षेत्रि ,देवचुली
देवचुली नगरपालिकामा पछिल्लाे समय विभिन्न खेलका प्रतियाेगिताहरु सञ्चालनमा रहेका छन् । यसै क्रममा देवचुली १ मा रहेकाे नेपाल नमुना माध्यमिक विद्यालयकाे खेल मैदानमा सेपाक ताक्राेकाे छात्र र छात्रा विचकाे फाईनल खेल शनिबार सम्पन्न भएको छ । नेपाल सेपाक ताक्राे एसाेसियसन केन्द्रीय सदस्य तथा नेपालका राष्ट्रिय टिम कप्तान विजय महत्ताेकाे अध्यक्षता तथा देवचुली युवा तथा खेलकुद विकाश समितिका उपाध्यक्ष सुवास चन्द्र ओझाकाे प्रमुख आतिथ्यता , दिव्यपुरी युवा उद्यमी सहकारी संस्थाका अध्यक्ष केशव भण्डारीकाे विशेष उपस्थितिमा फाईनल खेल सम्पन्न भएको थियाे ।
कुल ६ वटा टिम रहेकाे उक्त प्रतियाेगिताबाट खेलाडी छनाैट गरि प्रदेश र संघका लागि पठाईने कप्तान महत्ताेले जानकारी दिएका छन । पहिलाे चरणमा भएको खेलमा छात्रा तर्फ हेभन गल्सले किलर टिमलाई साेझाे दुई सेटमा पराजित गराउदै उपाधि रक्षा गरेकाे थियाे भने छात्रतर्फ थ्रि ईडियटसलाई टिम कान्छाले पनि साेझाे दुई सेटमा हराउदै विजय हासिल गरेकाे थियाे । सबै प्रतियोगिताबाट छात्रा र छात्रतर्फ क्रमश: काेषिका पंजियार र अनमाेल महत्ताे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । खेलमा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद र मेडलले सम्मान गरिएको थियाे ।
थाइल्यान्डबाट सुरु भएको सेपाक ताक्राे खेल हाल नेपालमा विस्तारै खेलिदै छ । राष्ट्रिय टिम कप्तान महत्ताेले यस खेलका लागि जिल्लामा संघ स्थापना नहुदा खेलाडी उत्पादन , उचित प्रशिक्षण हुन नसकेकाे बताएका थिए । नगर खेलकुदले यस खेलका लागि सक्दो पहल गर्ने र जिल्ला , प्रदेश र संघमा यस खेलका लागि आफुले सक्दाे पहल गर्ने नगर खेलकुद विकास समितिका उपाध्यक्ष सुवास ओेझा बताए ।

Write your Comment