आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुली नगरले ५ वर्षीय आवधिक योजना निर्माण गर्ने

    प्रकाशित २०७७ चैत्र २०, शुक्रबार (२ साल अघि)

देवचुली, नेपालको मध्यभागमा अवस्थित देवचुली नगरपालिकाले २५ वर्षिय दृष्टिकोण र  ५ वर्षे आवधिक योजना निर्माण सुरु गरेको छ । आवधिक योजनाको लागि पहिलो चरणको अन्तरक्रिया र छलफल कार्यक्रम नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा नगरका कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधीहरु, नगरका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीमा सुरु भएको छ ।
नारायणी ट्रेनिङ एण्ड ईन्जिनियरिङ प्रा.लि. लाई परामर्शदातामा छनौट गरी वडाहरु र अन्य विषयगत समितिहरुसँग छलफल गरेर नगरको योजना निर्माणको लागि अगाडी बढाईएको देवचुली नगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताउनुभयो ।
परामर्शदाता केशब भट्राईले विषयवस्तुको बारेमा जानकारी दिनुहुँदै अव निर्माण गरिने आवधिक योजनामा नगरको वस्तुस्थिती, स्लोगनहरु, अल्पकालीन र दिर्घकालीन योजनाहरु, नीतिहरु, नगरका गौरवका विषयहरु, राजश्व तथा रोजगारीको अवस्थाहरु, सामाजिक, साँस्कृतिक र भौगोलिक अवस्थाहरुको बारेमा तथ्याँकहरु र सुचनाहरु वस्तीस्तर, वडास्तरमा र नगरस्तरमा छलफल गरेर तयार गरिने जानकारी गराउनुभयो ।
संघीयता पश्चात ३ तहको सरकार भएको र सवै तहका सरकारहरुभन्दा महत्वपूर्ण सरकार स्थानीय सरकार भएको र निश्चित योजनाहरु तयार गर्न सकेमा जनताले महसुस गर्न सक्ने भएकोले यो दिर्घकालसम्म पनि महत्व राख्ने दस्तावेज हुनेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले देवचुली नगरको आफ्नै विशेषता रहेको र यहाँ केही गौरव गर्न लायकका अभियानहरु र अन्य विकासहरु समेत भएकोले यहाँहरुले तयार गर्ने दस्ताबेजमा सो उल्लेख गर्नको लागि र प्रश्नावलीहरुको निर्माणमा र अन्य दस्ताबेजीकरणमा समेत सुझाव दिन सक्ने जनशक्ति रहेकोले सोही अनुसार नै समन्वयको लागि अनुरोध समेत गर्नुभयो ।
राजनैतिक दलको तर्फबाट जनता समाजबादी पार्टीका कृष्ण गौतमले अव लिईने सुचनाहरुमा रोजगारीको लागि आवश्यक जनशक्तिहरुको विवरण, दक्ष, अर्धदक्ष र कस्ता खालका जनशक्तिहरुको आवश्यकता रहेको छ भन्ने बारेमा समेत सुचना लिनुपर्ने र सोही अनुसार नै योजनाहरुको समेत निर्माण गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
सवै वस्तीस्तर र वडास्तरबाट तथ्याँकहरु लिएर सवै विषयगत समितिहरुले महत्वका साथ लिएर सवै क्षेत्रसँग समन्वय गरेर निर्माण गर्नको लागि साथै आवश्यक समन्वय र सहयोग गर्नको लागि नगर प्रमुख पूर्णकुमार श्रेष्ठले अनुरोध गर्नुभयो ।

Write your Comment