आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

देवचुलीमा वन्यजन्तु संरक्षण शिविर सम्पन्न

    प्रकाशित २०७७ चैत्र २०, शुक्रबार (३ साल अघि)


देवचुली ,चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेकाे समुदायमा आधारित चाेरी सिकारी नियन्त्रणमा युवा जागरण अभियानद्वारा एक दिवसिय संरक्षण सम्बन्धि घुम्ति शिविर बिहिबार सञ्चालन गरेकाे छ । शिविर विश्व वन्यजन्तु काेष (WWF ) काे आर्थिक सहयाेगमा समुदायमा आधारित चाेरी सिकार नियन्त्रणमा युवा जागरण अभियान (CBAPU) काे आयाेजना तथा शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे संयाेजनमा सञ्चालन गरिएको हो ।शिविरमा काेभिड १९ संगै समुदायमा वन वन्यजन्तुकाे संरक्षणमा देखा परेका समस्या ,समाधानका उपाय , क्षति राहत प्रक्रिया र सराेकारवालाहरुकाे भुमिका आदि विषयमा अन्तरक्रिया तथा प्रशिक्षण गरिएको थियाे ।

पछिल्लाे समय जंगली जनावरहरुकाे अधिकत्तम चाप पश्चिम सेक्टरमा देखिएकाे हुँदा दिगाे संरक्षण र वन्यजन्तुको व्यवस्थापनका लागि घुम्ति शिविर आयाेजना गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज , पश्चिम सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत सान्त वहादुर मगर, शिसवार मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सहायक सत्यराज अधिकारीले प्रशिक्षण गर्नुभएको थियो । विशेषगरी समुदायमा निकुञ्जका जनावरहरु आहार प्रजातिकाे खोजीमा निस्कने गर्दा समस्या उत्पन्न हुने गरेको हुदा यसको समुचित व्यवस्थापनका लागि सराेकारवाला निकाय निकुञ्ज प्रशासन , मध्यवर्ती उपभोक्ता समिति , स्थानीय तह नगरपालिका र वडाले विशेष खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीहरुले बताए ।
कार्यक्रममा उठेका सवालहरु माथि शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डेले जवाफ दिनुभएको थियाे । विशेषत यस क्षेत्रमा छिटपुट भएका घटना स्मरण गराउदै उपभोक्ता समुह, समिति , निकुञ्ज प्रशासन, नेपाली सेना आदिको संयुक्त पहलमा मात्रै संरक्षण अभियान सम्भव भएको बताउनुभयो।
समुदायमा आधारित चाेरी सिकार नियन्त्रणमा युवा जागरण अभियानका संयोजक ढुन्डीराज के सी को अध्यक्षतामा भएको कार्यक्रममा शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे अध्यक्ष नेत्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा स्थानिय वडाका जनप्रतिनिधि , समुहका अध्यक्ष /सचिव, वन समुहका पदाधिकारीहरु , वडामा रहेका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Write your Comment