आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

लामिचौर मध्यवर्तीबाट माझी, मुसहर र बोटेलाई २२ वटा बाख्रा वितरण

    प्रकाशित २०७७ चैत्र १८, बुधबार (२ साल अघि)

कावासोती ,लामिचौर मध्यवर्ती उपभोक्ता समितिले नदी आश्रीत माझी, मुसहर र बोटे समुदायका २२ घरलाई २२ ओटा पाठी बाख्रा वितरण गरीएको छ । चितवन राष्ट्रिय निकुन्जको नारायणी नदिमा आश्रीत सो समुदायको दिगो आयआर्जनको लागि टेवा पुर्याउने उद्धेश्यले सो बाख्राहरु वितरण गरेको लामिचौर मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । लामो समयबाट नारायणी नदीमा नै माछा मारेर जीवनयापन चलाउने र संरक्षणमा सदैव सहयोग गर्ने यो समुदायलाई वैकल्पिक  रोजगारी पर्वद्धन गर्न र जलचरहरुको संरक्षणमा समेत सहयोगको लागि यस्ता खालका कार्यक्रममहरु मध्यवर्ती समितिले सञ्चालन गरिराखेको र यसबाट उनीहरुको समेत दिगो आयआर्जनमा सहयोग पुग्ने उपाध्यक्ष विष्णु भुसालले बताए ।
वितरण समारोहमा चितवन राष्ट्रिय निकुन्ज पश्चिम सेक्टरका सहायक संरक्षण अधिकृत शान्त मगरको प्रमुख आतिथ्यता, कावासोती नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारी, मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शान्त मगरले समुदायको सहयोगले नै संरक्षण दिगो रुपमा हुन सक्ने भएकोले सवै पक्षले नारायणी नदीको छेउमा बस्ने सर्वसाधारणहरुको पनि आय आर्जन हुने र संरक्षणको अभियन्ताको रुपमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।बाख्रा पाएपछी सर्वसाधारणले यसको दिगो संरक्षण गरी आयआर्जनमा अभिवृद्धी गर्ने र यस्ता खालका कार्यक्रमहरु अन्य लक्षित वर्गहरुमा समेत सञ्चालन गर्नको लागि अनुरोध गरेका थिए ।

Write your Comment