आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा केउरानी युवा क्लब विजयी

    प्रकाशित २०७७ चैत्र १८, बुधबार (३ साल अघि)


राजु चापागाई
नवलपुर
देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा केउरानी युवा क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा  केउरानी युवा क्लबका विरुद्ध फारम निलोबिच आज भएको खेलमा केउरानी युवा क्लब ट्राईबेकरमा ४-२ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयमा दुवै टिमको १-१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियोे ।  निर्धारित समयको खेलमा केउरानी युवा क्लबका रेमु बोटेले गोल गरेका थिए भने फारम निलोका सुदीप तामाङले गोल गरेका थिए । आजको खेलमा केउरानी युवा क्लबका नवीन थनेत म्यान अफ दि म्याच भएका थिए।


नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल देवचुली निलो र भानु एकता युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

Write your Comment