आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा प्रगतीकला मन्दिर युवा क्लब विजयी

    प्रकाशित २०७७ चैत्र १०, मंगलबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज प्रगतीकला मन्दिर युवा क्लब विजयी भएको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतीकला मन्दिर युवा क्लबका विरुद्ध हरियाली युवा क्लब रजहरबिच भएको खेलमा प्रगतीकला मन्दिर युवा क्लब ४-३ गोल अन्तरले विजयी भएको हो । खेलमा प्रगतीकला मन्दिर युवा क्लबका तर्फबाट सन्दिप मल्लले २ गोल,रमेश गुरुङले १ गोल र टिकाबहादुर चितौरेले १ गोल गरेका थिए भने हरियाली युवा क्लब रजहरका तर्फबाट सुसन अधिकारीले १ गोल र अमित कुंवरले २ गोल गरेका थिए । आजको खेलमा प्रगतीकला मन्दिर युवा क्लबका सन्दिप मल्ल म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको खेल समाज सुरक्षा क्लब र केउरानी युवा क्लबबिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment