आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर विजयी

    प्रकाशित २०७७ चैत्र ८, आईतबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज अभिषेक चर्च रजहर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा अभिषेक चर्च रजहरका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लबबिच भएको खेलमा अभिषेक चर्च रजहर ४-२ गोल अन्तरले विजयी भएको हो । आजको खेलमा अभिषेक चर्च रजहरका शनि तामाङ्ग म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको खेल सागर युवा क्लब र पृथ्वी समाज सेवा क्लबबिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment