दयाराम आचार्य, नवलपुर । नवलपुरका पाँचवटा स्थानीय तहमा अपाङ्गता पहिचान शिविर सम्पन्न भएको छ । कोपिला नेपाल पोखरा, चितवन मेडिकल कलेज , हिमालय आँखा अस्पताल पोखर स्थानीय तहको सयुक्त अयोजनामा भएको शिविरमा ७ सय ७८ जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको छ । पाँच दिन सम्म चलेको शिविरमा यो संख्यामा अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको हो । कावासोतीमा ११९, मध्यविन्दुमा १३९ , देवचुलीमा १७० , हुप्सेकोटमा १७० र विनयी त्रिवेणीमा १८० जना अपाङ्गता भएका व्यक्ति पहिचान गरिएको कोपिला नेपालका नवलपुर संयोजक सागरमणी ढुङ्गानाले बताउनुभयो । शिविरमा पहिचान भएकाहरुलाई आवश्यकता अनुसार सहयोगी सामाग्रि समेत प्रदान गरिएको छ ।
वैशाखी, वाकर, ह्वील चियर , सेतो छडी जस्ता सामाग्रि प्रदान गरिएको ढुङ्गानाले बताउनुभयो । यस्तै दुई वटा विद्यालयकालागि वाटर फिल्टर, एउटा विद्यालयलाई स्वास्थ्य सामाग्रि, हुप्सेकोट स्थित स्वास्थ्य चौकीलाई ह्वील चियर , ४० जनालाई चस्मा प्रदान गरिएको उहाँले बताउनुभयो ।जिल्ला संयोजक ढुङ्गानाका अनुसार चैत १२ र १३ गते क्रमश बौदिकाली र बुलिङटारमा शिविर संचालन हुने छ ।