आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा केउरानी युवा क्लब र देवचुली भेट्रान्स विजयी

    प्रकाशित २०७७ चैत्र ७, शनिबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज केउरानी युवा क्लब र देवचुली भेट्रान्स विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा शान्तिदिप युवा क्लबका विरुद्ध केउरानी युवा क्लबबिच भएको पहिलो खेलमा केउरानी युवा क्लब ४-१ गोल अन्तरले विजयी भएको हो । त्यस्तै देवचुली भेट्रान्सका विरुद्ध देवचुली बि बिच भएको दोस्रो खेलमा देवचुली भेट्रान्स १-० गोल अन्तरले विजयी भएको हो । आजको पहिलो खेलमा केउरानी युवा क्लबका रोशन गुरौं र दोस्रो खेलमा देवचुली भेट्रान्सका रमेश गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको खेल अभिषेक चर्च रजहर र प्रगतिकला मन्दिर युवा क्लबबिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment