आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

१३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : मणिसंगम प्रथम, मध्यविन्दु द्धितिय

    प्रकाशित २०७७ चैत्र १, आईतबार (३ साल अघि)


दयाराम आचार्य,कावासोती। १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय खेलमा मणिसंगम मावि डाँडाजोर प्रथम भएको छ । दुई दिन सम्म चलेको जिल्ला स्तरीय प्रतियोगितामा ९ स्वर्ण र २ रजत सहित कुल ११ पदक प्राप्त गर्दैै विनयी त्रिवेणी गाउँपालिकाको मणिसंगम मावि डाँडाजोर प्रथम भएको हो ।जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पस ४ स्वर्ण , १ रजत र १ कास्य गरि कुल ६ पदक सहित द्धितिय भएको छ ।संयोजन विद्यालय जनता मावि त्रिभुवनटार ३ स्वर्ण र १ रजत सहित कुल ४ पदक प्राप्त गर्दै तृतिय भएको छ ।प्रतियोगितामा जनता मावि वेलुवा २ स्वर्ण र २ रजत सहित चौथो भएको छ भने २ स्वर्ण ,१ रजत र २ कास्य सहित भानुदय नमूना मावि दुम्किबास पाँचौ भएको छ । मुकुन्दसेन ई.वो. स्कुल २ स्वर्ण , १ रजत र १ कास्य सहित छैंठौं र सिद्धार्थ आवासीय मावि २ स्वर्ण र १ कास्य सहित सातौं भएको छ ।

यसै बिच जिल्ला स्तरीय प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि विष्णु प्रसाद लामिछानेले सिल्ड मेडल प्रदान गर्नु भएको थियो । शिल्ड मेडल प्रदान पश्चात बोल्दै प्रदेश सभा सदस्य लामिछानेले खेल स्वास्थ्य र राष्ट्रका लागि समेत महत्वपूर्ण रहेको भन्दै सबैलाई थप प्रगतीको कामना गर्नु भएको थियो ।यसै बिच १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शनिबार नै समापन भएको छ । समापन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संयोजन विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले खेललाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद दिनुभएको थियो । यसै बिच अर्को वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मणिसंगम मावि डाँडाजोरमा हुने शिक्षक निराजन महतोले जानकारी दिनुभयो ।

Write your Comment