आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

महिलाहरुका लागी सिलाई कटाई तालिम देवचुलीमा सम्पन्न

    प्रकाशित २०७७ फागुन २७, बिहिबार (३ साल अघि)


देवचुली, देवचुलीका महिलाहरुका लागी ४५ दिनसम्म संचालित सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं ५ को आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा देवचुली वडा न ५ का महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।वडाका महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धी गरी स्वरोजगार बनाउनका लागी र उनीहरुको आर्थीक अवस्थामा सुधार ल्याउनका लागी तालिम प्रदान गरिएको देवचुली नगरपालिका वडा नं ५ का अध्यक्ष शिव लाल सापकोटाले बताउनुभयो ।महिलाहरुका लागी आयआर्जन तथा सीप विकाससम्बन्धी तालिमका लागी वडा कार्यालयले तीन लाख रुपैया विनियोजन गरेकोमा भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा एक महिना अगाडी २५ जनाका लागी एक हप्ताको गुडिया बनाउने तालिम र माघ ११ गतेदेखी १५ जनाको लागी ४५ दिनसम्म सिलाई कटाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले तालिममा सिकेका सीपहरुलाई उपयोग गरी स्वरोजगार बन्ने सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । देवचुली नगरपालिका वडा नं ५ का १५ जना महिलाहरुलाई ४५ दिनसम्म सिलाई कटाईका १६ वटा विभिन्न आईटमहरुका बारेमा तालिमको प्रशिक्षण माया पाटा मगरले सहजीकरण गर्नुभएको थियो ।समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता भूमिका टेक्निकल सर्भिस प्रा. लि.का प्रबन्धक विवेक अधिकारीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले गर्नुभएको थियो । साथै कार्यक्रममा देवचुली नगरपालिकाको कार्यपालिका सदस्य टिकामाया सिंजाली, वडा सदस्यहरु तथा विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सहजीकरण भूमिका टेक्निकल सर्भिस प्रा. लि.का संचालक दिपा देवकोटाले गर्नुभएको थियो ।

Write your Comment