आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

किशोरीहरुद्धारा किशोरीमैत्री वातावरण निर्माणको माग

    प्रकाशित २०७७ फागुन २२, शनिबार (३ साल अघि)


नवलपुर , किशोरीमैत्री वातावरण निर्माणको माग गर्दै नवलपुर जिल्लाका किशोरीहरुले ५ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन । शनिवार गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, जिल्ला समन्वय समिती उपप्रमुख शारदा विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी मनमायां भट्टराई पंगेनीलाई किशोरीहरुले भोगेका र देखेका समस्या र समाधानको उपाएका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन । महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ मार्च ८ मा मनाउन लागिएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय किशोरीहरुसंग अन्तरसवाद कार्यक्रममा सहभागि किशोरीहरुले आफ्ना समस्याहरुलाई समाधानकोलागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकाका किशोरीहरु एकआपसमा छलफल गरी समस्यालाई प्राथमिकीकरण गरी समाधानका उपाएहरु समेत निकालेका थिए ।

ध्यानाकर्षण पत्रमा उल्लेख भए अनुसार जिल्लामा परिवारले गरिदिने बाल विवाह कम भएपनि आफुखुसी सानै उमेरमा विवाह गर्ने प्रचलन बढेको,बलात्कारका घटना दिनदिनै बढ्दै जानु , पिडितहरुले न्याय पाएपनि समाजमा पुर्नस्थापना हुन नसक्नु,खेलकुद क्षेत्रमा किशोरीहरुको सहभागिता न्यून हुनु लगाएका विषय रहेको छ । त्यस्तै बालवालिका र किशोरीहरुका विविध समस्यालाई समाधान गर्न स्थानिय सरकार र सरोकारवालाहरुले किशोरीमैत्री वातावरण बनाउन प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको कक्षा ९ मा अध्ययनरत साहारा सापकोटाले बताउनुभयो । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा किशोरीहरु एक भएर आफ्ना समस्याहरुलाई सबैमाझ पुर्याउने काम गरेकोमा खुसी हुदै गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले हिजो भन्दा आज महिलाहरुमा केहि सकारात्मक परिवर्तनहरु आएपनि जति निर्णायक तहमा सहभागित बढ्नुपर्ने थियो त्यो नभएको भन्दै यसको लागि सबैले आफ्नो अधिकार संगै कर्तव्य पुरा गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै राजनिती, आफन्त लगाएत विविध कारणले अपराधिलाई बचाउने प्रवृतिले गर्दा समाजमा अपराधको घट्ना बढेको र त्यसको प्रत्यक्ष सिकार किशोरीहरु हुनुपरेको भन्दै गण्डकी प्रदेश सभा सदस्य गौतमले कानुन कार्यान्यवयनलाई आफुले जोड दिदै आएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माले जातिय छुवाछुतको आफुले भोगेका समस्या स्मरण गर्दै यसको समाधान गर्न सबैले आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । त्यस्त प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले महिनावारीको समयमा लुकाउने प्रचलन बाट नै किशोरीमा हिंसा शुरु हुने बताउनुभयो । यसको लागि नदेखिएका छाउपडिहरुको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने र ध्यानाकषण पत्रलाई सबै स्थानिय तहमा प्रस्तुत गरी आवश्यकता अनुसारका कार्यक्रम गर्नलाई पालिकाहरुलाई सजिलो हुने बताउनुभयो ।

पछिल्लो समय प्रविधिको गलत प्रयोगले गर्दा पनि किशोरीहरुमाथि हिंसा र अपराधका घटनाहरु बढेको भन्दै यसको सहि सदुपयोग गर्न किशोरी स्वयम सचेत हुन आवश्यक रहेको समेत बताएका थिए । जागृति बाल तथा युवा सरोकार नेपालले क्यानलन स्वीजरल्याडको साझेदारीमा संचालित किशोरी शशत्तिकरण कार्यक्रम अन्तरगत दुई दिने जिल्ला स्तरीय किशोरी अन्तरसंवाद कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्लाको ८ वटै स्थानिय तहका ३५ जना किशोरीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Write your Comment