आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वार्ता पछी नवलपुरबाट विप्लवकाे पहिलो तस्विर सार्वजनिक

    प्रकाशित २०७७ फागुन २१, शुक्रबार (३ साल अघि)


दयाराम आचार्य । कावासोती । सरकारसंगको वार्ता पछि विप्लवको पहिलो तस्विर सार्वजनिक भएको छ । नवलपुरको देवचुलीमा कार्यकर्तासंगकाे भेटघाटको तस्विर सार्वजनिक भएको हो । विप्लवले आज काठमाडौंमा सम्बोधन गर्ने भएपछी उहाँ विहान नवलपुरबाट त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।

नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको हो । आज विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । बिहिबार साँझ ५ बजे नवलपरासी प्रवेश गर्नुभएका विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवारको घरमा बस्नुभएको थियो । आज विहान यहाँ स्थित कार्यकर्ताहरुसंगको भेटघाट पछि काठमाण्डौं प्रस्थान गर्नुभएको हो । विहान कार्यकर्ताहरुसंग भेटघाट गरि काठमाण्डौ लागेको श्रोतले जनाएको छ । देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सुरक्षा दस्ता सहित उहाँ काठमाण्डौ लाग्नुभएको छ ।

Write your Comment