आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको निर्वाचन :शेषकान्ती सापकोटाद्वारा उम्मेदवारी फिर्ता

    प्रकाशित २०७७ फागुन १७, सोमबार (३ साल अघि)


 नवलपुर,  देवचुली नगरपालिकामा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको मिती २०७७ फागुन २२ गते हुने भनिएको निर्वाचन हुने नहुनेमा अन्योल बढेको छ । सो संस्थामा उपाध्यक्ष पदमा हरिकला पुरी र शेषकान्ती सापकोटाको उम्मेदवार भएकोमा उपाध्यक्षका उम्मेदवार शेषकान्ती सापकोटाद्वारा फिर्ता गरेको प्रेष विज्ञप्ती जारी गरेपछी शेयर सदस्यहरुमा अन्योल बढेको हो । उम्मेदवार शेषकान्ती सापकोटाद्वारा जारी गरिएको विज्ञप्तीमा संस्थामा दिदीबहिनीहरुले जम्मा गरेको बचत खर्च नगरौं भनेर आफु सदैव सहमती कार्यान्वयन पक्षमा रहेको र जबरजस्त निर्वाचनतर्फ प्रवेश गरेकोमा निर्वाचन प्रकृयालाई पुर्ण रुपमा अस्वीकार गरेको बताउनुभएको छ । आफु निर्वाचनको मैदानमा नरहेको, चुनाव प्रचारप्रसारमा नरहेको साथै भोलीका दिनहरुमा संस्थाको विकास र दिदीबहिनीहरुको सम्पत्तिको संरक्षणमा निरन्तर लाग्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ ।

गत पुष २५ गते संस्थाको साधारण सभा बाट १० औं नेतृत्व चयनका लागी तीन सदस्यीय निर्वाचन समिती बनाएको थियो । निर्वाचन समितिले माघ २० गते उम्मेदवारी दर्ताको लागी समय उपलब्ध गराएको थियो । माघ ३० गते उपाध्यक्षमा बाहेक अन्य पदमा निर्विरोध भएकोले निर्वाचन समितिले नामावली प्रकाशन गरेको थियो ।फागुन १४ गते हुने भनिएको उपाध्यक्ष पदको निर्वाचन घोषणा गरिए पनि निर्वाचन कार्यालयमा भएको तालाबन्दीको कारणले स्थागित भएको र देवचुली नगरपालिकाको रोहबरमा सरोकारवालाहरुबिच ताला खोल्ने सहमती भएको थियो ।

निर्वाचन समितिले उम्मेदवार छ्नोटका लागी जन ज्योती नमुना मा. वि. मा फागुन २२ गते ८ बजेदेखी २ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।निर्धारण गरेको समयभन्दा पछाडी उम्मेदवारी फिर्ता लिईएकोले निर्वाचनको सम्पुर्ण प्रकृया यथावत रहेको निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले बताउनुभयो ।

Write your Comment