आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था झन् नाजुक

    प्रकाशित २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)


काठमाडौँ: मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना भएका कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।

शुक्रबार दिउँसोसम्मो उनको स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । तर अवस्था झन् बिग्रँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले उनी अझै अचेत अवस्थामा नै रहेको जनाएको छ । जोशीलाई नर्भिक अस्पतालमा राखेर उपचार गरिएको हो। उनको स्वास्थ्य अवस्था बुझ्न परिवार, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरु अहिले अस्पताल परिसरमा पुगेका छन् ।

शुक्रबार एकाबिहान ३ बज्नै लाग्दा जोशीलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

Write your Comment