आज:  २०८२ मंसिर १०, बुधबार | Wed, 26, Nov, 2025 Search
FLASH NEWS

देवचुलीमा अन्तर संस्थागत विद्यालय आधारभूत तहस्तरीय फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०८२ मंसिर १०, बुधबार (५ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा अन्तर संस्थागत विद्यालय आधारभूत तहस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्याब्सन देवचुलीको आयोजनामा कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागिता रहने गरि देवचुली नगर रंगशाला देवचुली-१० मा प्रतियोगिता सुरु गरिएको हो ।


प्याब्सन देवचुलीका अध्यक्ष सन्तबहादुर क्षेत्रीको अध्यक्षता प्रतियोगिता उदघाटन सत्रमा संस्थागत विद्यालयका प्रिन्सिपल, शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताबाट सानो उमेरमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त हुने र सानो उमेरदेखि नै विद्यार्थीलाई पढाइ सँगसँगै खेलप्रति रुचि जगाउनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतियोगिताको उदघाटन खेलमा विश्वज्योती आवासीय माविले कुमारवर्ती इङ्गलिस बोर्डिङ्ग स्कुललाई ४-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा विश्वज्योती आवासीय मावि, कुमारवर्ती इङ्गलिस बोर्डिङ स्कुल, मुनलाइट पब्लिक एकेडमी, न्यु नवल इङ्गलिस बोर्डिङ स्कुल, अमर इङ्गलिस बोर्डिङ स्कुल, पाठशाला मन्टेश्वरी, वाइज भिजन बोर्डिङ स्कुल, ओयसिस एकेडेमी, नेक्सस मन्टेश्वरी, दिव्य एकेडेमी र भृकुटी इङ्गलिस बोर्डिङ स्कुलको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत पहिलो चरणका पाँच खेलहरु आज हुने र भोलि दोस्रो चरणका लागि सँगै फाइनल खेल समेत हुने खेल संयोजक वेदराज सापकोटाले जानकारी दिनुभयो ।

Write your Comment