देवचुली । देवचुली नगरपालिका–७ स्थित भीमसेन आदर्श माध्यमिक विद्यालयकी विद्यार्थी सिमजना भट्टराईले रिटोटलको नतिजामा ४ जिपिए हासिल गरेकी छन् । एसईई २०८१ मा सहभागी भट्टराईले प्रारम्भिक नतिजामा ३.९६ जिपिए प्राप्त गरेकी थिइन् । रिटोटलका लागि आवेदन दिएकी उनको नतिजा संशोधनसँगै जिपिए ४ पुगेको हो।
भीमसेनबाट एसईई २०८१ मा सहभागी २३७ जना मध्ये २०५ जना विद्यार्थी उतिर्ण भएका थिए । भीमसेनबाट रिटोटलमा ४ जिपिए ल्याएकी सिमजना, ३.९६ जिपिए ल्याउने अनुषा काफ्ले र लक्ष्मी गुरुङ्गसहित भीमसेनबाट ३.६ जिपिए देखि ४ जिपिए ल्याउने ५६ जना, ३.२ जिपिएदेखि ३.५९ जिपिए ल्याउने ५५ जना, २.८ देखि ३.१९ जिपिए ल्याउने ६१ जना, २.४ देखि २.७९ जिपिए ल्याउने ६३ जना विद्यार्थी रहेका थिए । एसईई परीक्षामा ८६.५ प्रतिशत विद्यार्थी उतीर्ण गराउँदै देवचुली नगरपालिकामा प्रथम भएको भीमसेन आदर्श माविबाट जिल्लामा सबैभन्दा बढी २०५ जना उतीर्ण भएका हुन् ।
नवलपुर जिल्लाका सबैभन्दा बढी विद्यार्थी रहेको भीमसेन नमूना विद्यालय समेत हो ।