आज:  २०८२ श्रावण १५, बिहिबार | Thu, 31, Jul, 2025 Search
FLASH NEWS

मृर्गौला पीडित आशिका तिवारीको उपचारमा सहयोगको अपील

    प्रकाशित २०८२ श्रावण ४, आईतबार (१ हफ्ता अघि)


देवचुली । मृर्गौला पीडित आशिका तिवारीको उपचारको लागि परिवारले सहयोगको अपील गरेका छन् । देवचुली नगरपालिका वडा नं ७ सिताबास निवासी २१ वर्षीया तिवारीको तीन बर्षदेखि दुवै मृर्गौलाले काम गर्न छाडेको थियो ।

राजधानी सहितका देशका विभिन्न अस्पतालमा उपचार गर्दा अहिले सम्म ३५ लाख रुपैया खर्च भइसकेको परिवारजनले बताएका छन् । हाल चितवन मेडिकल कलेजमा उपचाररत तिवारीको उपचारको लागि आर्थिक अभाव भएपछि सहयोगको अपील गरिएको हो । आशिकाका बुबा छविलाल तिवारीले छोरीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘छोरीको उपचार गर्दा गर्दै अलिअलि भएको सम्पत्ती पनि सकियो’ उनले भने ‘छोरी अस्पतालमा छ, उपचार गर्ने पैसा छैन, उनलाई बचाउन सबैले सहयोग गर्दिनुस’ । आशिकाको उपचारको लागि सहयोग गर्न चाहने दाताहरुले उनकी आमा सोविता तिवारीको नाममा रहेको मुक्तिनाथ विकास बैंक दलदले शाखामा रहेको खाता नं ०३६२०६००२१४४४१०००००१ पैसा जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै परिवारलाई भेट गरी सहयोग गर्न चाहने महानुभावले आमा सोविताको मोवाइल नम्बर ९८६७६७२८७३ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Write your Comment