आज:  २०८२ अषाढ १३, शुक्रबार | Fri, 27, Jun, 2025 Search
FLASH NEWS

देवचुलीमा ढाका व्यवसाय सम्बन्धि आधारभूत सीप विकास तालिम सम्पन्न

    प्रकाशित २०८२ अषाढ १३, शुक्रबार (५ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा ढाका व्यवसाय सम्बन्धि आधारभूत सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तरगत संचालन भएको तालिमको बिहीबार समापन गरिएको हो ।

देवचुली नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, देवचुली नगरपालिका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटा, नगर प्रमुखका सचिवालय प्रमुख सागर न्यौपाने लगायत महिलाहरुको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाले नगरबासीको आर्थिक स्तर उन्नतिका लागि सीप विकास तालिम संचालन गरिरहेको बताउँदै तालिमबाट सिकेका सीपलाई प्रयोग गरि स्वरोजगार बन्नका लागि आग्रह गर्नुभएको थियो । उहाँले स्वरोजगार बन्नका लागि नगरपालिका आवश्यक एडभान्स तालिमको व्यवस्था गर्ने र आवश्यक सहयोग गर्ने बताउनुभयो । देवचुली नगरपालिकामा प्लाष्टिकजन्य खादा लगायत वस्तुहरुलाई प्रतिबन्ध गरिएकाले ढाकाबाट बन्ने वस्तुको नगर भित्र नै उपयोग गर्न सकिने उहाँले भन्नुभयो ।

देवचुली नगरपालिका वडा नम्बर १७ का २० जना महिलाहरु ४० दिनसम्म देवचुली १७ मा रहेको साझा सुविधा केन्द्र भवनमा सीप विकास तालिम संचालन गरिएको हो । तालिमलाई बुद्धिमाया सुनारले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Write your Comment