नवलपुर । प्रजातन्त्रको रक्षा र समृद्धिको लागि युवा पुस्ताले नेतृत्व लिन र अग्रजहरुलाई सम्मान गर्न आवश्यक रहेको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनु भएको छ । आज मध्यबिन्दु नगरको सभाहलमा जागृती बाल तथा युवा सरोकार नेपालले पिस पब्लिक डिप्लोमेसी क्रप्स (पिपिडिसी) नेपालको आयोजना भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै सो बताउनु भएको हो ।
नेपालमा अग्रजहरुले प्रजातन्त्रको स्थापनाको लागि गरेको मेहनतलाई वर्तमान युवाहरुले सम्झिनु आवश्यक रहेको साथै अग्रजहरुको प्रतिको सम्मान युवा पुस्ताले गर्ने र अग्रजहरुले पनि युवासँग र नयाँ पुस्ताको लागि अन्तरसम्वाद गर्ने साझा फोरमहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो । युवासँग भएको नयाँ प्रविधीको सीप र जोशलाई अग्रजहरुसगको अनुभवलाई साझा गर्दै हातेमालो गरि बिकासमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कुनै पनि स्थानमा परिवर्तन र न्यायको लागि लागेका राजनीतिक, सामाजिक र अन्य योद्धाहरुलाई युवाहरुले सम्मान गर्नु रहेको बताउनुभयो । स्थानीय स्तरमा युवाहरुले सामाजिक विकासमा सहभागी भई अगाडी बढनु आवश्यक रहेको बताउनुभएको थियो । यसको लागि नगर सदैव युवाहरु सगै रहेको र हरेक हिसाबले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । विकसित मुलुकहरुमा देशप्रेम र अग्रजहरु प्रती गरेको सम्मान हेर्न लायक र सम्झन लायक रहेकोले हाम्रा युवाले पनि यसको सिको गर्नु आवश्यक रहेको बताउनुभयो ।
कोरियन डेमोक्रेसी फाउन्डेसनको आयोजनामा भएको ग्लोबल फोरममा सहभागी भइ नेपाल आउनु भएकी रेजिना घर्ती मगरले प्रस्तुतिकरण गर्दै कोरियाको प्रजातन्त्र र शान्ति स्थापनाको पहललाई नयाँ पुस्ताले हेर्न र सुन्न मिल्ने गरि र सार्वजनिक स्थानहरुमा राख्ने गरेको सुनाउँदै नेपालको पनि आफ्नो इतिहास रहेकोले यसको प्रचार प्रसार र नयाँ पुस्तालाई सिकाउनको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अग्रजहरुको संघर्षका कथा र अनुभवले युवा पुस्तामा देशप्रेम भावनामा अझै बढाउने हुँदा यसको लागि सवैले साझा फोरम निर्माणमा जोड दिनुभयो ।
युवाहरूलाई मानव अधिकार, शान्ति र डिप्लोमेसीमा क्षमता अभिबृदीको लागि पिस पब्लिक डिप्लोमेसी क्रप्स नेपालले विभिन्न अभियान र कार्यक्रमहरु गरिरहेको युवा अभियन्ता दिपक बस्यालले बताउनुभयो । युवाको लागि समय महत्त्वपूर्ण रहेको र सहि समयमा सहि काम गर्न सक्नु नै सक्षम युवाको गुण रहेकोले यसको लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । हालसम्म ३५ जना युवाहरुलाई दिक्षित गरिएको र उहाँहरुलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म फोरममा अनलाइनबाट र भौतिक रूपमा सहभागिता जनाउनु भएको छ ।
पिस पब्लिक डिप्लोमेसी क्रप्स २०२५ को पिपिडिसी नेपालको लागि ९ जना युवाहरु छनौट गरिएको र उहाँहरुलाई विभिन्न सत्रमा मानव अधिकार, शान्ति प्रक्रिया, प्रजातान्त्रिक अभ्यास र डिप्लोमेसी र अन्य युवाका बिषयमा जानकारीहरु दिने योजना रहेको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।