राजु चापागाई, देवचुली । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सिटिजन्स बैंक धारापानीको सहयोगमा प्रगतिनगर चोकमा सर्वसाधारण तथा बटुवाका लागि पिउने पानीको धारा जडान गरिएको छ । सिटिजन्स बैंकको सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत मंगलबार प्रगतिनगर चोकमा फिल्टरसहितको खानेपानीको धारा जडान गरिएको हो ।
बजार क्षेत्रमा आउने सर्वसाधारणलाई मध्यनजर गर्दै प्रगतिनगर खानेपानीद्वारा सिटिजन्स बैंक धारापानीलाई बजार क्षेत्रमा पिउने पानीको धारा जडानका लागि अनुरोध गरिएको र आज सम्पुर्ण कार्य सकि धारा सर्वसाधारणको लागि प्रयोग गर्न सक्ने भएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाले बताउनुभयो । बाटोमा हिड्ने सर्वसाधारण तथा बटुवाका लागि सहज हुने गरि फिल्टर सहितको पानी खुवाउने योजना सफल भएको उहाँले बताउनुभयो । बैंकबाट वित्तीय क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा सहयोग गरेकोमा सिटिजन्स बैंक परिवारलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाको अध्यक्षता मंगलबार धाराको समुदघाटन कार्यक्रममा देवचुली १५ का वडा अध्यक्ष सुरेश रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि सिटिजन्स बैंक धारापानीका शाखा प्रमुख विश्वास ढुंगेल, प्रगतिनगर खानेपानी संस्थाका सल्लाहकार परशुराम रेग्मी, सचिव विष्णु न्यौपाने, लेखा संयोजक जीवन श्रेष्ठ, कार्यालय प्रमुख इश्वरबहादुर पान्डे, प्रगतिनगर बजार व्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैह्रे लगायत खानेपानीका कर्मचारी, बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंक धारापानीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरेको र आगामी दिनमा समेत सक्दो सहयोग गर्ने बैंकका धारापानी शाखा प्रमुख विश्वास ढुंगेलले बताउनुभयो । उहाँका अनुसार बैंकले धारापानीमा एटीमको सेवा समेत सुरुवात गरेको छ ।