नवलपुर । नवलपुरको देवचुलीमा टाउकाेमा रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। देवचुली नगरपालिका–३, आम्बासमा ९० वर्षीय दिलबहादुर थापाले आफ्नै ७६ वर्षीया श्रीमती जमुना थापालाई टाउकोमा रडले प्रहार गरेका थिए ।
रडले प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनापछि दिल बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति करिब साढे नौ बजे उक्त घटना घटेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।