आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

कावासोतीमा समर फुटबल क्लिनिक सुरु

    प्रकाशित २०८२ जेष्ठ २८, बुधबार (२ हफ्ता अघि)


नवलपुर । कावासोतीमा समर फुटबल क्लिनिक सुरु भएको छ । नवलपुर फुटबल क्लब, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र डायमण्ड युथ सोसाइटीको आयोजना चितवन फुटबल क्लब सहकार्य र सेन्ट्रल कलेज चितवनको सहयोगमा ७ दिनसम्म संचालन हुने गरि समर फुटबल क्लिनिक संचालन गरिएको हो ।

मंगलबार नवलपुर फुटबल क्लबका अध्यक्ष निकेश महतोको अध्यक्षतामा भएको क्लिनिक उदघाटन समारोहमा सेन्ट्रल कलेज भरतपुरका प्रमुख यज्ञविलास पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा उदघाटन गरिएको हो । ७ दिनसम्म क्लिनिकमा सहभागी खेलाडीहरुलाई चितवन फुटबल क्लबका निसान श्रेष्ठ, ललितपुर सिटीका प्रविण श्रेष्ठ , कोच इस्लाम वाशिम , चितवन फुटबल क्लबका कोच निसान भक्त श्रेष्ठ लगायतले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले फुटबल क्लिनिकले खेलाडीहरुलाई खेलको अभ्यास सहयोग पुर्‍याउने र नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने बताउनुभयो । खेलाडीहरुलाई अभ्यास र सीप सिकाउनका लागि यस्ता क्लिनिक महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । जिल्लाका २०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको फुटबल क्लिनिक एक हप्तासँग संचालन गरिने आयोजकले जनाएको छ ।

Write your Comment