देवचुली । देवचुली-२ स्थित सिजि शाश्वत धाम मन्दिरको गजुर माथि चढी सफा गर्ने क्रममा लढी एक जना घाइते भएका छन् । देवचुली-५ बस्ने १९ वर्षीय यमबहादुर मगर अन्दाजी ७/८ मिटर माथिबाट लडेर घाइते भएका हुन् ।
घाइते मगर सोमबार लढेर बेहोस भएका थिए । बेहोस भएका मगरको टाउको, नाक, घाँटी र शरीरमा चोट लागेको र उपचारका लागि मनकामना अस्पताल भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।