देवचुली । देवचुली १७ निवासी किशोरी अभियन्ता रेजिना घर्ती मगर अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउनको लागि दक्षिण कोरिया प्रस्थान गरेकी छन् । जुन ७ देखि १४ सम्म दक्षिण कोरियामा हुने कार्यक्रममा सहभागिताका लागि घर्ती मगर कोरिया प्रस्थान गरेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिए ।
दक्षिण कोरियाको कोरिया डेमोक्रेसी फोरमद्वारा आयोजित २०२५ केडिएफ ग्लोबल फोरममा शान्ति प्रक्रिया र नेपालको अभ्यास र युवाको अवस्थाको बारेमा समेत छलफल हुनेछ । बाल्य अवस्थाबाट नै बालबालिका र किशोरकिशोरीको क्षेत्रमा क्रियाशिल मगर हाल जागृति बाल तथा युवा सरोकार नेपालमा आबद्ध भई पिस एण्ड पब्लिक डिप्लोमेसी क्रप ( पिपिडिसी) नेपालको मेन्टर समेत रहेकी छन् ।
विशेषगरी ग्लोबल पिपिडिसी भिजन मिटिङमा विभिन्न देशबाट आएका सहभागीहरूसँग पिपिडिसी अभियानका अनुभवहरू आदानप्रदान गर्दै आगामी वर्षका लागि कार्यदिशाबारे मस्यौदा साझा गरिनेछ, जुन अन्तर्राष्ट्रिय सहकार्यको महत्वपूर्ण पाटो समेत रहनेछ ।
उक्त अन्तर्राष्ट्रिय फोरममा मगरले पिपिडिसी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै हालसम्मका गतिविधि, आगामी कार्ययोजना तथा रणनीतिबारे प्रस्तुति दिनेछिन्। साथै, उनी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग सहकार्य गर्दै विश्वव्यापी शान्ति, लोकतन्त्रको र युवाको नेतृत्व क्षमताको प्रवर्द्धनसम्बन्धी दृष्टिकोणहरू समेत साझा गर्नेछिन् ।
कोरिया डेमोक्रेसी फाउन्डेसनसँग समन्वय गरि नेपालमा जागृति बाल तथा युवा सरोकार नेपालले शान्ति, पब्लिक डिप्लोमेसीको बारेमा ग्रामीण स्तरदेखि केन्द्रिय तहसम्म बहस र छलफल गरिरहेको छ ।