आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

देवचुली ९ मा महिलाहरुका लागि उदघोषण तथा नेतृत्व विकास तालिम सुरु

    प्रकाशित २०८२ जेष्ठ २३, शुक्रबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा महिलाहरूका लागि उदघोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली मिडिया प्रालिको सहजीकरणमा दुई दिनसम्म वडाका महिलाहरुलाई तालिम सुरु गरिएको हो ।

देवचुली ९ मा टोल विकास संस्था, विभिन्न संघसंस्थामा नेतृत्व गर्ने महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडाबाट विनियोजन गरिएको बजेटबाट कार्यक्रम सुरु गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । दुई दिनसम्म महिलाहरुलाई नेतृत्व विकास तथा उदघोषणकला सम्बन्धि सीप सिकाईने उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा आमा समुह, टोल विकास संस्थामा कार्यक्रम संचालनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको हो । महिलाहरुलाई सीपमुलक कार्यक्रम प्राथमिकता दिदैँ आगामी दिनमा कार्यक्रम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तालिमको पहिलो दिन पत्रकार दयाराम आचार्यले उदघोषणकला सम्बन्धि विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा कार्यपालिका सदस्य मधुमाया गुरुङ, वडा सदस्य विष्णुबहादुर खडका, आइतमान गुरुङ, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत महिलाहरुको उपस्थित रहेको थियो ।

Write your Comment