आज:  २०८२ जेष्ठ १९, सोमबार | Mon, 02, Jun, 2025 Search
FLASH NEWS

सेतीदेवी मन्दिर व्यवस्थापन समितिको वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०८२ जेष्ठ १७, शनिबार (१ दिन अघि)


देवचुली । देवचुली ३ मा रहेको सेतीदेवी मन्दिर व्यवस्थापन समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मन्दिर परिसरमा वार्षिक साधारण सभासँगै आम्दानी खर्च सार्वजनिक गरिएको हो ।

साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ वाग्लेद्वारा संस्थाको वार्षिक प्रतिवेदन, सचिव कृष्ण वाग्लेद्वारा प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा २०८१ जेठ २६ गतेदेखि २०८२ जेठ १० गतेसम्मको आय व्यय प्रस्तुत गरिएको थियो । साधारणसभामा बोल्दै प्रमुख अतिथि देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेलले सेतीदेवी मन्दिरद्वारा सामाजिक तथा धार्मिक कार्यक्रम गरिरहेको बताउँदै आगामी दिनमा समेत विभिन्न सामाजिक कार्यहरु संचालन गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

सेतीदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको साधारण सभामा देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ३ का निवर्तमान वडा अध्यक्ष गोपालराज शर्मा लम्साल, कार्यपालिका सदस्य गोमा पौडेल तिमिल्सिना, सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्ले, विश्व हिन्दु महासंघ गण्डकीका सचिव देवेन्द्रप्रसाद शर्मा, नारायणी दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सहसचिव ईश्वरप्रसाद रेग्मी, बहुउद्देश्यीय योग तथा सामुदायिक योग भवनका अध्यक्ष कमलकान्त वाग्ले, वडा सदस्यहरु, मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु लगायत सामाजिक व्यक्तित्वहरु लगायतहरुको उपस्थितिमा साधारण सभा गरिएको हो ।

सेतीदेवी मन्दिर व्यवस्थापन समितिका सहसचिव रेशमलाल पोख्रेलको स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव कृष्ण वाग्लेले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment