देवचुली । विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली ९ को अध्यक्षमा भरतराज आचार्य निर्वाचित भएका छन् । संस्थाको नयाँ कार्यसमिति चयनका लागि बिहीबार भएको निर्वाचनबाट आचार्यले प्रतिष्पर्धी खेमनारायण पंगेनीसँग १ मत अन्तरले विजयी भएका हुन् ।
५११ जना मतदाता रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा ४१६ मत खसेको थियो । अध्यक्ष निर्वाचित भरतराज आचार्यले १९५ मत ल्याई विजयी हुँदा निकतम प्रतिष्पर्धी खेमनारायण पंगेनीले १९४ मत र अर्का अध्यक्षका उम्मेदवार यदुनाथ कंडेलले १ मत ल्याएका हुन् ।
संस्थाको उपाध्यक्षमा प्रेमबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले २०४ मत ल्याई विजयी हुँदा प्रतिष्पर्धी शिवराज प्रधान श्रेष्ठले १९९ मत ल्याएका छन् । सचिवमा तुलसीराम अर्यालले विजयी भएका छन् । अर्यालले २०१ मत ल्याई विजयी हुँदा उप बिजेता सृष्टि राना मगरले १९९ मत ल्याएकी छन् । कोषाध्यक्षमा बिमाया मगर विजयी भएकी छन् । मगरले २०६ मत ल्याई विजयी हुँदा उप बिजेता किरण तामाङले १९४ मत ल्याएका छन् । त्यसै गरि लेखा सदस्य महिलामा रेनुका भुसाल भट्टराई विजयी भएकी छन् । भट्टराईले २०३ मत ल्याई विजयी हुँदा उप बिजेता भिममाया खरु मगरले १९९ मत ल्याएकी छन् ।
त्यसै गरि कार्यसमिति सदस्य महिला ( जनजाती) मा ईश्वरी गाहा मगर, कार्यसमिति सदस्य महिला ( दलित) मा सरस्वती बिक, कार्यसमिति सदस्य महिला ( अन्य) मा गिता पाध्य र कार्यसमिति खुला सदस्यमा टेकराज श्रेष्ठ र नेत्रलाल काफ्ले विजयी भएका निर्वाचन समिति संयोजक नवराज घिमिरेले जानकारी दिए । संस्थाको लेखा समितिको संयोजकमा उमाकान्त भुसाल र लेखा सदस्य खुलामा गिरबहादुर दमाई विजयी निर्विरोध निर्वाचित भएका थिए ।