देवचुली । विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली ९ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । संस्थाको १२ पदका लागि २३ जना उम्मेदवारहरु प्रतिष्पर्धामा रहेका छन् । बिहान ७ बजेबाट कालिका माविमा सुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म संचालन भएको थियो ।
५११ जना मतदाता रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा ४१६ मत खसेको छ । बिहीबार भएको निर्वाचनमा कुल मतदाताको ८१.४० प्रतिशत मत खसेको हो। मतगणना केही समय पछि सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
संस्थाको अध्यक्षका लागि भरतराज आचार्य, यदुनाथ कंडेल र खेमनारायण पंगेनीले प्रतिष्पर्धा रहेका छन् । संस्थाका अध्यक्ष पदमा उम्मेदवारी दिएका यदुनाथ कंडेलले निर्वाचन कार्यतालिका भन्दा पछाडी सामाजिक संजालमार्फत आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । संस्थाको उपाध्यक्ष पदका लागि शिवराज प्रधान श्रेष्ठ र प्रेमबहादुर गुरुङ , सचिवमा सृष्टि राना पुलामी र तुलसीराम अर्याल, कोषाध्यक्षमा किरण तामाङ र विमाया मगर प्रतिष्पर्धामा छन् । त्यसै गरि कार्य समिति सदस्य महिला जनजाति तर्फबाट ज्ञानीमाया राई मगर र इश्वरी गाहा मगर, दलित महिला सदस्यमा फूलमाया कामी र सरस्वती बिक, महिला सदस्य अन्यमा गिताकुमारी भट्टराई र गिता पाध्य, कार्य समिति सदस्य खुलामा मोहनसिं दमै, सीता राना, टेकराज श्रेष्ठ र नेत्रलाल काफ्लेको प्रतिष्पर्धामा रहेका छन् ।
संस्थाको लेखा समितिको संयोजकमा उमाकान्त भुसाल र लेखा सदस्य गिरबहादुर दमाई निर्विरोध निर्वाचित भएका छन् भने लेखा समिति महिला सदस्यमा रेनुका भुसाल भट्टराई र भिममाया खरु मगर प्रतिष्पर्धामा रहेका छन् । संस्थाको निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, कार्य समिति सदस्यमा जनजाती महिला, दलित महिला र अन्य महिला १/१ जना सदस्य साथै खुला सदस्य २ जना चयन गरिने साथै लेखा समितिको संयोजक सहित २ जना सदस्य चयन हुने निर्वाचन समितिका संयोजक नवराज घिमिरेले जानकारी दिनुभयो ।