देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले लामो समयसम्म धाराको महसुल नतिर्ने उपभोक्ताको धाराको लाइन कटान सुरु गरेको छ । संस्थाले मंगलबार दुई जना उपभोक्ताको धारा कटान गरि अभियान नै सुरु गरेको हो ।
मंगलबार लामो समयसम्म खानेपानीको महसुल नतिर्ने देवचुली ११ र १५ को एक/एक जना उपभोक्ताको धारा कटान गरिएको हो । ब्लक ३ का सदस्य नवराज तिवारी र ब्लक ९ का सदस्य बुद्धिबहादुर लुंगेलीको रोहबरमा प्राविधिक सहित गएको टोलीले धारा कटान गरेको हो ।
खानेपानी संस्थामा नयाँ कार्यसमिति गठन भए पश्चात कर्मचारीहरु परिचालन गरि लामो समयसम्मको महसुल तिर्न बाँकी रहेका उपभोक्ताको घरमै गएर जानकारी गराइएको र पटक पटक सूचना जारी गर्दा समेत अटेर गर्ने उपभोक्ताको धारा कटान गर्न लागिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले जानकारी दिनुभयो । खानेपानीबाट खटाइएका कर्मचारीहरुले घरमा नै गएर सूचना दिएपछी केही उपभोक्ताहरु बक्यौता रकम तिर्नका लागि कार्यालय आउनुभएको र अटेर गर्ने उपभोक्ताको बाध्य भएर धारा कटान गर्नु परेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा लामो समय देखि महसुल नतिर्ने २४ उपभोक्ताको धाराको लाइन कटान गर्ने संस्थाका कार्यालय प्रमुख ईश्वर बहादुर पाण्डेले बताउनुभयो । धारा कटान भएका उपभोक्ताहरुले पुनः जोड्नका लागि बक्यौता रकम तिरेपछी पुन जडानका लाग्ने शुल्क समेत तिर्नुपर्ने उहाँले बताउनुभयो ।