आज:  २०८२ बैशाख २७, शनिबार | Sat, 10, May, 2025 Search
FLASH NEWS

अन्तर आमा समुह हाजिरीजवाफ प्रतियोगितामा कालिका आमा समूह प्रथम

    प्रकाशित २०८२ बैशाख २७, शनिबार (६ घण्टा अघि)


देवचुली । देवचुली १२ मा संचालन भएको अन्तर आमा समूह हाजिरीजवाफमा कालिका आमा समूह प्रथम भएको छ । मुक्तिक्षेत्र महिला कृषक समूहको आयोजनामा शुक्रबार देवचुली १२ मुक्तिक्षेत्रमा भएको हाजिरी जवाफ प्रतियोगितामा कालिका आमा समूह प्रथम भएको हो ।

मुक्तिक्षेत्र महिला कृषक समुहका अध्यक्ष खुमा खनाल भुर्तेलको अध्यक्षतामा भएको प्रतियोगितामा देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यपालिका सदस्य फुलमाया बिक, वडा सदस्य धर्माकुमारी न्यौपाने लगायत स्थानीय आमा समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ६ वटा आमा समुहबीच संचालन भएको हाजिरीजवाफ प्रतियोगितामा अमर आमा समूह द्वितीय र दिव्य ज्योति आमा समूह तृतीय भएका छन् । कार्यक्रममा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार प्रदान समेत गरिएको छ ।

मुक्तिक्षेत्र महिला कृषक समुहका उपाध्यक्ष कल्पना बसेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रकाश काफ्लेले गर्नुभएको थियो ।

Write your Comment