आज:  २०८२ बैशाख २७, शनिबार | Sat, 10, May, 2025 Search
FLASH NEWS

कावासोतीमा मोटरसाइकल दुर्घटना : दुई युवाको मृत्यु

    प्रकाशित २०८२ बैशाख २७, शनिबार (४ घण्टा अघि)


नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१, लोकहा नजिकैको भित्री सडक खण्डमा वैशाख २७ गते साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।

बेलुका करिब ६:१० बजे मुण्डेबाट लोकहा तर्फ गइरहेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११, शान्तिटोलका करिब २३/२४ वर्षीय ईश्वर दर्लामी र सोही स्थानका २१/२२ वर्षीय सागर दर्लामी गम्भीर घाइते भएका थिए।

घटनापछि तत्कालै उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको भए पनि उपचारको क्रममा दुवै जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। दुबैजना दाजुभाई भएको प्रहरीले बताएको छ। दुर्घटनाको खबर पाएसँगै प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

Write your Comment