नवलपुर । मध्यविन्दु वडा नं ३ अन्तर्गत रहेकाे श्री जनता माध्यमिक विद्यालय नन्दभाउजु (इटाैरा) मा साइबर सुरक्षा र साइबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । मध्यबिन्दु नगरमा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत साथी शिक्षकहरुले नगरको विद्यालयस्तर र समुदाय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन भईराखेका छन् ।
कार्यक्रममा साइबर सुरक्षा भनेको के हो? साइबर अपराध भनेकाे के हाे ? साईबर अपराध कसरी हुन सक्छ ? यसबाट पार्ने नकारात्मक प्रभावहरु केके हुन् ? यसबाट कसरी सुरक्षित हुन सकिन्छ । सामाजिक संजाललाई कसरी प्रयाेग गर्न सकिन्छ। साइबर अपराधबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।सो कार्यक्रम किशोरी अभियन्ताहरु जेशिका महताेले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा ६ जना बालक, १४ जना बालिका, शिक्षक र अन्य गरि २२ जनाकाे सहभागीता रहेकाे थियाे ।