आज:  २०८२ बैशाख २१, आईतबार | Sun, 04, May, 2025 Search
FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरद्वारा संगठन सबलीकरण तथा जागरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८२ बैशाख २०, शनिबार (१४ घण्टा अघि)


देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरले संगठन सबलीकरण तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार देवचुली १३ दलदले स्थित साहारा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरका जिल्ला, नगर , वडाबाट आएका प्रतिनिधिलाई संगठन सबलीकरण तथा जागरण कार्यक्रम गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरका सभापति नरिश्वर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व शिक्षा मन्त्री शिशिर खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि केन्द्रिय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल, बाग्मती प्रदेश सभापति एवं केन्द्रिय सदस्य डा अच्युतम लामिछाने, गण्डकी प्रदेश सभापति एवं केन्द्रिय सदस्य राजन गौतम, केन्द्रिय संगठन विभागका सचिव शंकर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुर्व शिक्षा मन्त्री शिशिर खनालले पार्टी निति तथा विचार ( पार्टी प्रस्तावना) को बारेमा प्रशिक्षण गर्नुभएको थियो भने केन्द्रिय संगठन विभागका सचिव शंकर श्रेष्ठले पार्टी र संगठन, संगठन निर्माण, चुनौती, अवसर र रणनीतिका बारेमा प्रशिक्षण गर्नुभएको थियो । त्यसै गरि बाग्मती प्रदेश सभापति डा अच्युतम लामिछानेले पार्टी संगठन, राजनैतिक चरित्र र व्यवहार तथा नेतृत्वका विषयमा, केन्द्रिय संगठन विभाग सदस्य कृष्णमान श्रेष्ठले पार्टी ब्राण्डिङ्का विषयमा, केन्द्रिय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाले संगठन, अनुशासन र आचारसंहिता, अनुशासन आयोगको संरचनाका विषयमा र गण्डकी प्रदेश सभापती राजन गौतमले नेतृत्व, नेतृत्वका प्रकार, गुण र कार्यहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका २५० जना भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।

Write your Comment