प्रिय धन , नवलपुर । सिटिजन्स बैंक इन्टर्नेशनल लिमिटेड गैंडाकोट १५ अमरापुरी शाखाको आयोजनामा चैत्र ७ गते बिहिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल अफिसर डाक्टर अमृत पोख्रेल , सहायक बबिता शर्मा र पुजा थनेतको टोलीद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको बैंकका शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सबै समस्या भएका अमरापुरी आसपासका १०३ जना बिरामीहरुले परामर्श तथा उपचार लिई मौकाको फाइदा उठाएको अधिकारीको भनाइ छ । बिहिबार बिहान ११ बजेदेखि साँझ करिब ४ बजेसम्म आफ्नै शाखा भएको भवन गैंडाकोट १५ मा भएको स्वास्थ्य परीक्षण पश्चात बैंकका सेवाग्राही लाभान्वित भएको बताईएको छ ।
नि:शुल्क स्वास्थ्य परिक्षण सेवामा नारायणगढ कलस्टर प्रमुख बासुदेब सेढाई ,नारायणगढ शाखाका शाखा प्रबन्धक निश्चल सुबेदी, टाँडी शाखाका प्रबन्धक हरि पौडेल ,धारापानी शाखाका प्रबन्धक विश्वास ढुङगेल ,अरुणखोला शाखाका प्रबन्धक ओम प्रकाश खनाल, कावासाेती शाखाका प्रबन्धक दिपक खत्री ,महेश भुषाल, प्रकाश काफ्ले, समाजसेवी विजय अधिकारी, बिष्णु जिसि, बालकृष्ण थापा, नन्दलाल सापकोटा एन आईसी एसिया बैंक अमरापुरी शाखा, संग्रीला बैंक, कामना सेवा बैंकका कर्मचारी, स्थानीय सहकारी र विद्यालयका कर्मचारीकाे उपस्थिति रहेको थियो ।