आज:  २०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025 Search
FLASH NEWS

चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता : अभिषेक चर्च रजहर फाइनल प्रवेश

    प्रकाशित २०८१ फागुन २१, बुधबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा बुधबार अभिषेक चर्च रजहरका विरुद्ध पटिहानी फुटबल क्लबबीच भएको खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

अभिषेक चर्च रजहरले पटिहानी फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराएको हो । बुधबार भएको खेलमा अभिषेक चर्च रजहरका रोशन क्षेत्री म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत बिहीबार गैंडाकोट फुटबल क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।

Write your Comment